Dinesh Raj Sapkota

Jan 16, 20201 min

किसान र विद्यार्थीलाई माघीको उपहार १११ साइकल!

· २०७६ पुस २९, मङ्लबार

· https://deshsanchar.com/2020/01/13/299522/?fbclid=IwAR14MF1-KhB5WyVKY4Y3rCtyma1n8hUnAm_P5sS7k8Oo7n-PhqhzYmBsX58

दशरथ घिमिरे

129

– पार्वती चौधरी तरकारी उत्पादक किसान हुन् । गढवा गाउँपालिका वडा नं. ७ मानपुर निवासी पार्वतीले राप्ती नदीको बगरमा तरकारी फलाउँदै आएकी छन् । तर, मेहनत गरेर फलाएको तरकारी बिक्री गर्न उनलाई बजारसम्म पुर्‍याउन समस्या पर्थ्याे ।

छिटुवा टाउकोमा राखेर बजार पुग्दा उज्यालो भैसकेको हुन्थ्यो । बजार ढिलो पुग्दा तरकारी बिक्री नहुने समस्या । तर, अब पार्वती साईकलमा तरकारी बोकेर बजार पुग्ने योजनामा छिन् । साइकल किन्ने पैसा नहुँदा समस्या भोगेकी पार्वतीले नयाँ साइकल उपहारमा पाइन् । ‘तरकारी बोकेर बजार पुर्‍याउन अब समस्या रहेन’ उनले भनिन् ‘साइकल चढ्ने सपना थियो । तर, पैसा नहुँदा अधुरै थियो । साइकल उपहारमा पाउँदा निकै खुशी छु ।’

माघी पर्वको अवसरमा पार्वतीसहितका किसान र विद्यार्थीलाई साइकल प्रदान गरिएको छ । मुक्त कमलरी बालिका र तिनको प

रिवारमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिरहेको क्रियटिङ्ग पोसिविलिटिज नेपाल र गढवा गाउँपालिकाले संयुक्त रुपमा साइकल उपहार प्रदान गरेका हुन्।

जसले गर्दा पार्वती जस्ता एक सय ११ जनामा खुशी छाएको छ । क्रियटिङ पोसीबिलिटिज नेपालले ८९ जना र गढवा गाउँपालिकाले २२ जनालाई माघीको अवसरमा साइकल उपहार दिएको हो । जस मध्य आमा समुहलाई ४६ र विद्यार्थीलाई ६५ वटा गरी एक सय ११ वटा साइकल उपहार प्रदान गरिएको छ ।

साइकल उपहारमा पाउँदा गढवा गाउँपालिका वडा नं. ५ लोखरपुर निवासी १५ वर्षे शरण चौधरी खुशी छन् । बुद्धज्योती माध्यमिक विद्यालय गढवा कक्षा चारमा पढ्ने उनी पैदल हिँडेर विद्यालय पुग्दा धेरै समय लाग्थ्यो । तर, अब साइकलमा १५ मिनेटमै विद्यालय पुग्न सक्छन् । माघी विशेष कार्यक्रम गरेर उपहार स्वरुप साइकल प्रदान गरिएको हो ।

पुस २८, २०७६ मा प्रकाशित

    280
    3