top of page

सूची दर्ता-Dang

August 5, 2026

आर्थिक वर्ष २०८३/०८४ मा यस क्रियटिङ पोसिबिलिटिज नेपाल लाई आफ्नो आवश्यकता पर्ने निम्न बमोजिमका वस्तु तथा सेवाहरु आपूर्ति गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्ने स्वीकृति प्राप्त  गरेको अनुभवी इच्छुक व्यक्ति, फर्म तथा कम्पनिहरुलाई आफ्नो आपूर्ती गर्ने वस्तु तथा प्रदान गर्ने सेवाको विवरण  खुलाई सुची दर्ताका लागि आवश्यक निवेदनसहित खामबन्दी गरी खामको बाहिरपट्टी सूची दर्ता गरिने बिषयबारे भनि प्रष्टरुपमा उल्लेख गरी देहायको शर्त बमोजिम यो सूचना प्रकाशित भएको मितिले १५(प्रन्ध्र) दिनभित्र यस संस्थाको शाखा कार्यालय गढवा गाउँपालिका वडा नं. ५, चैनपुरको कार्यालयमा दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । प्राप्त हुन आएको सूची दर्ता सम्बन्धि निबेदनलाई कुनै कारण नदिई स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थासंग  सुरक्षित रहने छ । यस सम्बन्धमा थप जानकारी चाहिएमा यस संस्थाको केन्द्रिय कार्यालय,सुकेधारा काठमाण्डौँ  र शाखा कार्यालय गढवा-५, चैनपुर कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

सूची दर्ताका लागि निवेदनका साथ पेश गर्नुपर्ने कागजात तथा शर्तहरु :

१. सुचिकृत हुन चाहने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि – १

२. फर्म तथा कम्पनीको हकमा दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि – १

३. स्थायी लेखा नम्बर तथा मूल्य अभिवृद्धि करदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि – १

४. करचुक्ता प्रमाणपत्र (अद्यावधिक) को प्रमाणित प्रतिलिपि – १

५. कार्यसम्पादन तथा मुल्याकन सम्बन्धित पत्रहरुको प्रतिलिपि (भएमा)

६. सुचिकृत हुन चाहने फर्म (एकल वा संयुक्त) को तर्फबाट निवेदन पेश गर्दा प्रोप्राईटर/ साझेदार र कम्पनीको हकमा सञ्चालक समितिको निर्णयबाट अख्तियार प्राप्त व्यक्तिले अनिवार्य रुपमा दस्तखत गरी निवेदन पेश गर्नुपर्नेछ ।

७. विगतमा कालोसूचीमा नपरेको स्वघोषणा सहित निवेदन पेश गर्नु पर्नेछ ।

सूची दर्ता गर्नुपर्ने विषयहरु :

१. मसलन्द आपूर्तिकर्ता (कम्तिमा ३ वर्षको कार्य अनुभव भएको)

२. शैक्षिक सामग्री आपूर्तिकर्ता (कम्तिमा ३ वर्षको कार्य अनुभव भएको)

३. छपाई सामग्री आपूर्तिकर्ता (कम्तिमा ३ वर्षको कार्य अनुभव भएको)

४. अन्य कार्यालय उपकरणहरु आपूर्ति तथा मर्मत सम्भार सेवा प्रदायक ।

५. काठ तथा स्टिलका फर्निचर,फर्निसिङ आपूर्ति तथा मर्मत सम्भार सेवा प्रदायक ।

६. निर्माण सम्बन्धी सेवा प्रदायक

७.प्लम्बिङ सेवा प्रदायक 

८. Internet & Telephone सेवा प्रदायक 

९. ईलेक्ट्रिक सामग्री आपूर्तिकर्ता तथा मर्मत सम्भार सेवा प्रदायक 

१०. कम्प्युटर तथा यससँग सम्बन्धित अन्य उपकरण आपूर्ति तथा मर्मत सम्भार सेवा प्रदायक 

११.औषधिजन्य सामग्री आपूर्ति कर्ता (कम्तिमा ३ वर्षको कार्य अनुभव हुनुपर्ने)

१२.साइकल आपूर्ति कर्ता तथा मर्मत सम्भार सेवा प्रदायक (कम्तिमा ३ वर्षको कार्य अनुभव हुनुपर्ने)

१३. विद्यालय लगायत घरको पोशाक आपूर्ति कर्ता (कम्तिमा ३ वर्षको कार्य अनुभव हुनुपर्ने)

सूची दर्ताका लागि सम्पर्क ठेगाना :क्रियटिङ पोसिबिलिटिज नेपालको कार्यालय

गढवा-५ चैनपुर, दाङ फोन नं. ९८४४९३५१९८/९८४४९३५१९८

bottom of page