top of page

सूची दर्ता-KTM

July 3, 2026

आर्थिक वर्ष २०८३/२०८४ का लागि यस क्रिएटिड पोसिबिलिटिज नेपाल, काठमाडौं लाई आवश्यक पर्ने निम्न बमोजिमका वस्तु तथा सेवाहरू आपूर्ति गर्ने प्रयोजनको लागि सम्बन्धित विषयको कारोबार गर्न स्वीकृति प्राप्त गरेको अनुभवी, इच्छुक व्यक्ति, फर्म तथा कम्पनीहरूबाट सूची दर्ताका लागि आवेदन आह्वान गरिन्छ। इच्छुक प्रदायकहरूले आफूले आपूर्ति गर्ने वस्तु तथा प्रदान गर्ने सेवाको विवरण खुलाई, आवश्यक निवेदन सहित खामबन्दी गरी खामको बाहिरपट्टी "सूची दर्ता गरिने विषय" स्पष्ट रूपमा उल्लेख गरी यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र यस संस्थाको कार्यालय धुम्बाराही, वडा नं.४, काठमाडौंमा दर्ता गराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

सूची दर्ताका लागि निवेदनका साथ पेश गर्नुपर्ने कागजात तथा शर्तहरू :


१. सूचीकृत हुन चाहने व्यक्तिको हकमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, फर्म तथा

कम्पनीको हकमा दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, स्थायी लेखा नम्बर (PAN) तथा मूल्य अभिवृद्धि

कर (VAT) दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, करचुक्ता प्रमाणपत्र (अद्यावधिक) को प्रमाणित प्रतिलिपि

र कार्यसम्पादन तथा मूल्यांकन सम्बन्धी पत्रहरूको प्रतिलिपि (भएमा)।

२. सूचीकृत हुन चाहने फर्म (एकल वा संयुक्त) को तर्फबाट निवेदन पेश गर्दी प्रोप्राइटर/साभेदार र कम्पनीको हकमा सञ्चालक समितिको निर्णयबाट अख्तियार प्राप्त व्यक्तिले अनिवार्य रूपमा दस्तखत गरी निवेदन पेश गर्नुपर्नेछ।


३. विगतमा कालोसूचीमा नपरेको स्वघोषणा पत्र।

सूची दर्ता गर्नुपर्ने वस्तु तथा सेवाका क्षेत्रहरू (कम्तिमा ३ वर्षको कार्य अनुभव) :

मसलन्द (स्टेशनरी) आपूर्तिकर्ता, शैक्षिक सामग्री आपूर्तिकर्ता, विद्यालय लगायत घरको पोशाक (Uniform) आपूर्तिकर्ता, छपाई सामग्री आपूर्तिकर्ता, काठ तथा स्टिलका फर्निचर र फर्निसिड मर्मत सम्भार तथा आपूर्तिकर्ता, र कार्यालय उपकरण आपूर्ति तथा मर्मत सम्भार सेवा प्रदायक : कम्प्युटर, ल्यापटप, फोटोकपी, स्क्यानर सहितको प्रिन्टर, प्रोजेक्टर, हाई लेन्स क्यामेरा आदि।


नोट: प्राप्त हुन आएको सूची दर्ता सम्बन्धी निवेदनलाई कुनै कारण नदिई स्वीकृत वा अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस संस्थासँग सुरक्षित रहने छ।


विस्तृत जानकारीका लागि : वस्तु तथा सेवा आपूर्ति र संस्थाको बारेमा विस्तृत जानकारीका लागि संस्थाको वेबसाइट www.creatingpnepal.com मा हेने सक्नुहुनेछ।

सूची दर्ताका लागि सम्पर्क ठेगाना

क्रिएटिड पोसिबिलिटिज नेपालको कार्यालय धुम्बाराही, वडा नं. ४, काठमाडौं,

सम्पर्क नम्बर : ९८६१४६०४९६ र ९८६०२४६७११

bottom of page