मुक्तिपछिको 'लावा जुनी'
गंगापरस्पुर (दाङ)- माघ लाग्यो कि डरले मन 'ढक्क' फुल्थ्यो। घरमा साहुहरूको ताँती लाग्थ्यो। बाबुआमालाई मोलमोलाइ गर्न भ्याइनभ्याई हुन्थ्यो। उनीहरू सकेसम्म कसेर 'भाउ' लिन खोज्ने, साहुहरूले घटाउनमै जोड दिने। अन्तिममा दुवै पक्षलाई 'मर्का नपार्ने' गरी मूल्यमा सम्झौता हुन्थ्यो। वर्षदिनको एकमुष्ठ रकम परिवारले साहुसँग बु‰थ्यो। यो 'सौदाबाजी' पछि गंगापरस्पुर लोखरपुरकी मञ्जु चौधरीलाई थाङ्ना काखी च्यापेर साहुको दैलो टेक्न करै लाग्थ्यो । हरेक माघमा यसै गरी मञ्जुको पुरानै साहुकहाँ 'करार' थपिन