आइसुलेसनमा सरसफाई सामग्री
Updated: Jul 23, 2020
प्रदेश टुडे
गढवा ७, साउन । क्रियटिङ पोसिबिलिटिज नेपालले राप्ती गाउँपालिको आइसुलेसनमा बसेका ब्यक्तिहरूलाई व्यक्तिगत सरसफाईका सामग्री प्रदान गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गढवा, राजपुर र राप्ती गाउँपालिकाले संयुक्तरूपमा संचालन गरेको राप्ती प्राविधिक शिक्षालय आईसुलेसनमा बसेकाहरूका लागि सरसफाई सामग्री प्रदान गरिएको हो ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी र स्वास्थ्य संयोजक नारायण रावतलाई संयुक्तरूपमा उक्त सरसफाई सामग्रीहरू प्रदान गरिएको हो । गाउँपालिकामा कोरोना रोकथाम तथा न्यूनीकरणसम्बन्धी कार्यक्रम गर्दै आईरहेको क्रियटिङपोसिबिलिटिज नेपालले गाउँपालिकालाई सर्जिकल ग्लोब १ सयवटा,
केएन ९५ मास्क १ सय ओटा, इक्जामिनेसन ग्लोब २० ओटा, स्प्रे टंङ्की ३ ओटा, सोडियम हाइपोक्लोराइट २५ लिटर, ३ सय मिलिलिटरको सेनिटाइजर ५५ वटा, लुगाधुने साबुन २ सय ओटा, नुहाउने साबुन २ सयवटा र खुट्टाले चलाएर पानी निकाल्न मिल्ने टङ्की २ वटा प्रदान गरिएको र टङ्की भने लालमटिया र सिसहनिया स्वास्थ्य चौकीलाई प्रदान गरिएको क्रियटिङ पोसिबिलिटिज नेपालका विद्यार्थी संयोजक श्याम चौधरीले जानकारी दिए ।

