top of page
Search

Foot operated hand wash/ सिपिको गढवा गाउँपालिका कार्यालयलाई हात धुने उपकरण सहयोग

Writer: Dinesh Raj SapkotaDinesh Raj Sapkota

On 8- June, Creating Possibilities Nepal (CP Nepal) has provided foot operated hand wash to Gadhwa Rural Municipality. Water and liquid soap can be extracted by pressing the foot on the locally made device. Built at a cost of around Rs 50,000, the device is also connected to a 500-liter tank.

Director of CP Nepal, Dinesh Raj Sapkota, said that the equipment has been provided for the prevention and reduction of Covid-19 virus infection. .



This foot operated hand wash equipment reduces the risk of hand-to-hand transmission of corona virus. Along with the installment of this device, CP Nepal

has also provided bath soap, detergent, leaf shampoo,sanitary pads and personal hygiene items to the people who are in quarantine.


(This summary is the translation of the following news.)



हेमराज शर्मा

दांग  २६ – जेठ ।   क्रियटिङ पोसिबिलिटिज नेपाल (सि.पि )ले गढवा गाउँपालिकालाई हातको प्रयोग नगरि धाराबाट पानी र सेनिटाइजर आउन सक्ने उपकरण सहयोग गरेको छ ।   स्थानीय स्तरमा बनाईएको उक्त उपकरणमा खुट्टाले थिचेर पानी र सेनिटाइजर निकाल्न सकिन्छ । करिब ५० हजारको लागतमा निर्माण गरिएको उक्त उपकरणमा ५ सय लिटरको टङ्कि पनि जडान गरिएको छ ।  यस उपकरणमा पानी तान्ने उत्तोलकमा खुट्टाले थिच्दा  पानी  ह्यान्ड स्यानिटाईजर बाहिर आउछ ।

कोभिड–१९ भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि गाउँपालिकाले संचालन गर्दै आएका प्रयासहरुमा साथ दिनका लागि  उपकरण उपलब्ध गराईएको सि.पि नेपालका निर्देशक दिनेशराज सापकोटाले  वताएका छन् ।

यस उपकरणका कारण  हातबाट संक्रमण सर्ने सम्भावना कम हुन्छ ।   क्रियटिङ पोसिबिलिटिज नेपाल चैनपुरले गाउँपालिकालाई ५०/५० वटा लुगा धुने / नुहाउने सावुन , २ सय पत्ता स्याम्पु, पीपी फर्म २५ मिटर,  सेनेटरी प्याड ५० पीस, प्लास्टिक बाटा ९ वटा, बाल्टि ३ वटा, प्लास्टिक गुन्द्री २५ वटा, प्लास्टिक मग १२ वटा र ५ सय लिटर प्लास्टिक पानी टंकी सहित खुट्टाले थिचे पछि पानी र सेनिटाइजर निस्कने १/१ वटा उपकरण गाउँपालिकाका अध्यक्ष सहजराम अहिर लाई प्रदान गरिएको थियो । हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगि लगायतको सहभागिता रहेको थियोे ।

 
 
 

Comments


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • Instagram
  • Facebook
  • Youtube

© 2024 Creating Possibilities Nepal

bottom of page