top of page

दाङमा छात्रालाई साइकल, जेहेन्दारलाई छात्रवृत्ति

  • Writer: Dinesh Raj Sapkota
    Dinesh Raj Sapkota
  • 15 hours ago
  • 2 min read


दशरथ घिमिरेअसार २७, २०८३


देशसञ्चार AI सारांश

  • दाङको राप्ती गाउँपालिकामा ६० जना विद्यार्थीलाई छात्रवृत्ति, साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ।

  • कार्यक्रमले विद्यार्थीलाई पढाइप्रतिको आकर्षण बढाउनुका साथै विद्यालय छाड्ने दर घटाउन सहयोग पुर्‍याउँछ।

  • ‘उत्कृष्टताका कथा’ पुस्तकमा १४ जना प्रेरणादायी व्यक्तित्वका जीवनकथा समेटिएको छ, जसले मेहनत र लगनशीलताको महत्त्व दर्शाउँछ।


दाङ– दाङको राप्ती गाउँपालिकामा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई छात्रवृत्तिसहित साइकल र शैक्षिक सामग्री वितरण गरिएको छ।


विद्यालय छाड्ने दर (ड्रपआउट) घटाउने, छात्रा विद्यार्थीको नियमित उपस्थितिलाई प्रोत्साहन गर्ने तथा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।


क्रियटिङ्ग पोसिविलिटिज नेपालले राप्ती गाउँपालिकाभित्रका तीन विद्यालयमा अध्ययनरत ६० जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो। तीमध्ये विद्यालय आउन–जान सहज होस् भन्ने उद्देश्यले २५ जना किशोरी छात्रालाई साइकल प्रदान गरिएको छ। साथै विद्यार्थीलाई झोला, कापी, कलम, क्यालकुलेटर लगायतका शैक्षिक सामग्री पनि वितरण गरिएको थियो।


राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी शिक्षा प्राप्त गर्ने अवसरबाट वञ्चित हुन नहुनेमा जोड दिएका थिए।



उनीहरूले छात्रवृत्ति तथा शैक्षिक सहयोगले विद्यार्थीको पढाइप्रतिको आकर्षण बढ्नुका साथै विद्यालय छाड्ने दर घटाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। कार्यक्रममा राप्ती गाउँपालिकाअन्तर्गतका दुर्गा भवानी आधारभूत विद्यालय, बीपी आधारभूत विद्यालय र सर्वोदय माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।


सोही अवसरमा स्थानीय स्तरका प्रेरणादायी व्यक्तित्वका सफलता र संघर्षका अनुभव समेटिएको ‘उत्कृष्टताका कथा’ पुस्तक पनि विमोचन गरिएको छ। पुस्तकमा १४ जना उत्कृष्ट विद्यार्थी, उत्कृष्ट किसान, उत्कृष्ट शिक्षक तथा उत्कृष्ट उद्यमीका प्रेरणादायी जीवनकथा समावेश गरिएको छ। पुस्तकले मेहनत, लगनशीलता र सिर्जनशीलतामार्फत सफलता हासिल गरेका व्यक्तिका अनुभवलाई समाजमा पु¥याउने उद्देश्य राखेको आयोजकले जनाएको छ।


कार्यक्रममा क्रियटिङ्ग पोसिविलिटिज नेपालका निर्देशक दिनेशराज साप्कोटाले शिक्षा क्षेत्रमा संस्थाले निरन्तर सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि विद्यार्थीको क्षमता विकास, गुणस्तरीय शिक्षाको पहुँच विस्तार तथा समुदायमा सकारात्मक परिवर्तनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।


बीपी आधारभूत विद्यालयका प्रधानाध्यापक जीवराज शर्मा, दुर्गा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक केशवराज आचार्य, ‘उत्कृष्टताका कथा’ का लेखक तथा पत्रकार दशरथ घिमिरे, उत्कृष्ट उद्यमी विसपुरा घर्तीमगर तथा उत्कृष्ट शिक्षक शरद चौधरी लगायतले विद्यार्थीलाई अवसरसँगै आत्मविश्वास पनि आवश्यक रहेको बताउँदै यस्ता सहयोगले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा व्यक्त गरे।



 
 
 

Comments


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • LinkedIn
  • Instagram
  • Facebook
  • Youtube

© 2025 Creating Possibilities Nepal

bottom of page