script>var poptin_single_page_app = true; स्वास्थ्य चौकिलाई हात धुने उपकरण सहयोग
top of page

स्वास्थ्य चौकिलाई हात धुने उपकरण सहयोग

दाङ्ग (गढवा) – ११ ,भदौ

क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिका वडा नं. ८ मा रहेको कोइलावास स्वास्थ्य चौकिलाई हात नचलाई धाराबाट पानी निकाल्न सक्ने उपकरण सहयोग गरेको छ ।

स्थानीय स्तरमा बनाइएको उक्त उपकरणमा खुट्टाले थिचेपछि पानी निकाल्न सकिन्छ । करिब ५० हजारको लागतमा निर्माण गरिएको उक्त उपकरणमा ५ सय लिटरको टङ्कि पनि जडान गरिएको छ । यस उपकरणमा पानी तान्ने उत्तोलकमा खुट्टाले टेक्दा अर्को उत्तोलक माथि सर्छ । अनि पाइपमा जोडिएको घुमाउने भागलाई माथि धकेल्छ । त्यसो हुँदा पानी बाहिर आउछ ।


यस अघि क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा, राजपुर र राप्ति गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकि, गाउँपालिकाको कार्यालय र अन्य ठाउँ गरेर १३ वटा उक्त उपकरणहरू सहयोग गरिसकेको छ । कोभीड–१९ भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै गइरहेकाले सङ्क्रमण रोकथाम तथा न्यूनिकरणका लागि स्थानीय स्तरका प्रयासहरुमा साथ दिनका लागि उक्त उपकरण सहयोग गरिएको नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिनुभयो । यस उपकरणका कारण फोहोर छोएको हुन सक्ने हातबाट सङ्क्रमण सर्ने सम्भावना कम हुन्छ । यसको प्रयोगले हातबाट कोरोना भाइरस सङ्क्रमण सर्ने सम्भावना कम हुने अपेक्षा गरिएको छ । उक्त उपकरण वडा नं. ८ का अध्यक्ष सद्वाम सिद्विकि र जन स्वास्थ निरिक्षक कृष्णप्रसाद आचार्यलाई क्रियटिङ पोसिबिलिटिज नेपालका विद्यार्थी संयोजक श्याम चौधरी र मान बहादुर चौधरीले संयुक्त रूपमा हस्तान्तरण गर्नुभएको थियो ।



19 views0 comments
bottom of page