script>var poptin_single_page_app = true; महिनावारी कप महिलाहरुमा लोकप्रिय बन्दै
top of page

महिनावारी कप महिलाहरुमा लोकप्रिय बन्दै

Updated: Aug 27, 2020


सुमित्रा चौधरी अहिले ३६ वर्षको भईन । उनि गढवा स्वास्थ्य चौकिमा स्वयंसेबिकाको रुपमा काम गर्दै आइरहेकि छिन् । उनका अनुसार महिनावारीको समयमा पहिले प्याड वा कपडा प्रयोग गर्ने गर्थिन तर जब उनले महिनावारी कपको बारेमा थाहा पाईन तब देखि उनले त्यसको प्रयोग गर्दै आईरहेकी छिन् । उनले शुरुमा त्यसका बारे क्रियटिङ पोसिबिलीज नेपालको माध्यम बाट थाहा पाएकी थिईन् ।

“शुरुमा यो प्रयोग गर्न निकै नै अप्ठयारो भयो । प्रयोग गर्न नजानेर केहि पिडा हुन्थ्यो । तर प्रयोग गर्दै गए पछि यो निकै नै राम्रो लाग्यो ।” उनले भनिन् । “म अरु महिलाहरुलाई पनि यो कप प्रयोग गर्न सुझाब समेत दिने गर्दछु” उनले थपिन् ।

उनले यो कप चार पटक अर्थात चार महिनावारीमा प्रयोग गरिसकेकि छिन् । यो कप रबर जस्तै एकदमै नरम र लचिलो सामाग्रीबाट बनेको हुन्छ । महिनावारी भएको बेलामा यसलाई योनिमा राख्ने गरिन्छ । योनिमा राखे पछि रगत बाहिर ननिस्कियोस भनेर त्यसले बिर्को बन्द गर्ने जस्तो काम गर्दछ । प्याडले भन्दा यसले धेरै रगत जम्मा गर्दछ । तर त्यसलाई निरन्तर खाली र सफा गर्दै जानु पर्दछ । यो कप दुई प्रकारको हुन्छ । एउटा भजाइना कप जो योनिको तल बस्छ र घन्टी आकारको हुन्छ । अर्को चाहिँ सर्भिकल कप जो योनिको अलि माथि बस्छ । जानकारहरुका अनुसार यसलाई दस वर्ष सम्म प्रयोग गर्न सकिन्छ ।

रमिता चौधरी अहिले कक्षा १२ को परिक्षा दिएर घरमै बसेकि छिन् । उनको उमेर २० वर्षको भयो । उनले पनि यो कप केहि महिना अगाडि देखि प्रयोग गर्दै आईरहेकि छिन् । शुरुमा यो प्रयोग गर्न डराए पनि अब भने यो प्रयोग गर्न बानि परिसकेको उनि बताउछिन् ।

“यसले मेरो पैसाको बचत गरेको छ । कुनै यात्रा गर्न काम गर्न कुनै अप्ठारो हुदैन । म मजा संग साईकल चलाउन सक्छु । यसको प्रयोगले म महिनावारी भएको महशुस नै हुदैन ।” उनले भनिन् । “शुरुमा लगाउन र निकाल्न कठिन भयो तर पछि त्यो समस्या केहि रहेन । त्यसका साथै रगत चुहिने समस्या पनि रहेन” उनले थपिन् ।

सुमित्रा जस्तै उनले पनि पहिले महिनावारीको समयमा प्याड वा कपडा प्रयोग गर्ने गर्थिन । यो कप योनिमा राखिन्छ र पुन प्रयोग गर्न सकिन्छ । प्रयोगकर्ता माझ यो लोकप्रिय बन्दै गए पनि यस सम्बन्धि जनचेतना भने महिलाहरुमा कम भएको पाईन्छ । त्यसैलाई मध्यनजर गर्दै सि.पी नेपालले महिला समुहहरुमा यस सम्बन्धि जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । अहिले सि.पी नेपालबाट ७३ जना महिलाले नियमित रुपमा यो कप गरिरहेका छन् र यसको माग निकै नै रहेको सि.पी. नेपालका कर्मचारी प्रेशा चौधरीले जानकारी दिनुभयो । यो कप महिलाहरुमा निकै नै लोकप्रिय बन्दै गईरहेको छ ।

Note: यस महिनाबारि कपकालागि

ले Saalt Company, USA ( https://www.saaltco.com/) काे सहयाेगमा यस संस्‍था क्रियटिङ पोसिबिलीटीज नेपालाई निशुल्क प्रदान गरिरहेको छ र यस यस संस्‍थाले निशुल्क यस कपलाई वितरण गरिरहेको छ ।


44 views0 comments
bottom of page