script>var poptin_single_page_app = true; क्रियटिङ पोसिबिलिटिज सीपी नेपालले विद्यार्थी, उद्यमी महिलालाई साइकल सहयोग
top of page

क्रियटिङ पोसिबिलिटिज सीपी नेपालले विद्यार्थी, उद्यमी महिलालाई साइकल सहयोग

Updated: Mar 7, 2021


हेमराज शर्मा

दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल)ले गरीब,जेहेन्दार,अतिबिपन्न परिवारका सन्तान र आमा समूहका उद्यमी महिलाहरुलाई एक कार्यक्रमको बीच साइकल वितरण गरिएको छ ।

शनिबार गढवा र राजपुरका ४६ जना स्कुले बालबालिका र १० जना आमा समूहका महिला हरुलाई उक्त साइकल सहयोग गरिएको थियो । साइकल उपहार पाए पछि बुद्धज्योति अग्रेजी माध्यमिक विद्यालय गढवा कक्षा १० मा अध्ययनरत सुगम चौधरी निकै खुशी थिए । राजपुर–२,गहिरा निवासी चौधरीलाई विद्यालय हिड्दै पुग्न १ घण्टा ३० मिनेट लाग्छ । सानैमा बुबा गुमाएका उनी अहिले एसइइको तयारीमा रहेका छन् । “घरमा कमाउने मान्छे कोही छैन आमालाई कसरी साइकल किन्न भन्नु त्यसैले घरदेखि हिड्दै जानु पर्थ्यो । तर अब म भोलि देखि ट्युसन र विद्यालय साईकल चढेर जान्छु ।” उनले खुशी हुँदै भने ।

विद्यालय जाने बालबालिका जस्तै सोमइथान आमा समूहकि चित्रा नेपाली पनि नयाँ साइकल पाउदा दंग थिइन् । राजपुर–२ चप्फा निवासी चित्राले किराना पसल, बङ्गुर फर्म र मासु पसल संचालन गर्दै आइरहेकी छिन् । “अब मलाई बजारबाट पसलका लागि समान ल्याउन र बङ्गुरका लागि दाना ल्याउन निकै सजिलो हुनेछ ।” चित्राले भनिन् । मुक्त कमलहरी,गरीब तथा अतिबिपन्न परिवारका सन्तानलाई शिक्षामा प्रोत्साहनका लागि साइकल वितरण गरिएको सिपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताउनु भयो ।

त्यस्तै विद्यार्थी लगायत आमा समूहका उद्यमीहरुलाई यस साइकलले जीवन सहज हुने उहाँको भनाइरहेको छ । संरक्षण आमा समूह प्रनाहाकी सदस्य रिना चौधरीको सभाअध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी अरुणीमा बिक, आमा समूह सदस्य बिमला चौधरी र गढवा गाउँपालिका शिक्षा शाखा सहसंयोजक रविलाल माझि लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो ।

डब्लुएफसिएल र आइएसभिजी नेदरल्याण्ड, हुमानीट्रेल स्विजरल्याण्ड र डिडब्लुसि क्यानडाको सहयोगमा उक्त साईकल सहयोग गरिएको सापकोटाले जानकारी दिनु भएको हो । त्यस्तै विभिन्न आमा समूहलाई प्रोत्साहन समूहको कोष बृद्धिका लागि १०/१० हजार रुपैया पनि सहयोग गरिएको थियो । सिपी नेपालकी विद्यार्थी संयोजक दीपा चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन सरिता चौधरीले गर्नुभएको थियो ।


21 views0 comments
bottom of page