top of page

निशुल्क बाल स्वास्थ्य शिबिर सम्पन्न

  • Writer: Dinesh Raj Sapkota
    Dinesh Raj Sapkota
  • Mar 7, 2021
  • 2 min read



दाङ । क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल) ले गढवामा निशुल्क बाल स्वास्थ्य शिबिरकाे आयाेजना गरेको छ । शिबिरमा गढवा गाउँपालिकाबाट बिभिन्न वडाका ५ सय ९० जना बालबालिकाले स्वास्थ्य जाचँ गराएका थिए।


गढवा–५, धर्मपुर निवासी सुनिता चौधरी आफ्नो २ वर्षिया सोनम चौधरीलाई चार दिन देखि ज्वरो आएपछि उनी बाल स्वास्थ्य शिबिरमा आएकि थिईन । “बाल स्वास्थ्य शिबिर संचालन हुदै छ भन्ने आमा समुहको बैठकमा थाहा पाएको थिए । छोरालाई धेरै ठाउँमा देखाएको निको भएको छैन । डाक्टरले औषधि लेखिदिनु भएको छ, अब निको हुन्छ कि ।” उनले भनिन् ।सुनिता जस्तै गढवा–७, लक्षणपुर निवासी गिता पुन मगर पनि आफ्ना ३ भाई छोरा लिएर आएकि थिईन । मजदुरी गरेर परिवार पालिरहेकि उनको एघार, नौ र सात वर्षिय मदन, सुवास र संदिपको समस्या एउटै थियो । घाटिको छेउमा सुनिन्छ । औषधि खाए पछि केहि निको भए जस्तो त हुन्छ तर पछि फेरि त्यहि समस्या दोहोरिएकाे बताउदै श्रीमान इटा भट्टामा काम गर्न गएको र आर्थिक समस्याले गर्दा टाढा उपचार गर्न जान नसकिएको दुखेसो उनले पोखिन् ।


हातमा औषधि लिएकि गढवा–७ घोराहाकि १४ बर्षिय सबिना चौधरीले आफुलाई टाउको र पेट दुख्ने गरेकाले स्वास्थ्य शिबिरमा आएको बताईन । “म तीन वर्ष देखि लगातार यो जाचँमा आईरहेको छु । केहि दिन देखि टाउको र पेट दुखेको थियो । जचाउन काहि पनि गएको थिएन । यो औषधि खाए पछि डाक्टरले ढिक हुन्छ भन्नु भएको छ ।” उनले भनिन् ।


बाल स्वाथ्य शिबिरमा सहभागि डा. रेगम सिं थापाले छालाका रोगहरु लुतो, शरिर चिलाउने र टाउको पेट दुख्ने बिरामीहरु धेरै आएको बताउदै ब्यक्तिगत सरसफाईमा ध्यान नदिदा त्यस्ता खालका समस्याहरु देखिने बताए । त्यस्तै डा. भरत पोख्रेलले आफु पहिलो वर्ष देखि नै यस बाल स्वास्थ्य शिबिरमा आबद्ध भएको र पहिलो वर्ष भन्दा यस वर्ष संक्रमण खालका रोगहरुका बिरामी बालबालिका कम आएको बताउदै बालबालिकाहरुले काेभिड–१९ का कारण सरसफाईमा ध्यान दिएकाले सो संख्या कमि भएको हुन सक्ने जानकारी दिए । डाक्टरहरुले शिबिरमा जाचँका लागि आएका बालबालिकाका अभिभाबकहरुलाई औषधी भन्दा खानेकुरा र सरसफाईमा बढि ध्यान दिदा रोग कम हुने भन्दै सल्लाह पनि दिएका थिए ।


सीपी नेपालले बिगत तीन वर्ष देखि रिच आउट टु नेदरल्याण्डको आर्थिक सहयोगमा निशुल्क बाल स्वास्थ्य शिबिर संचालन गर्दै आईरहेको छ । गरिब तथा आर्थिक संकटका कारण स्वास्थ्य सेवाबाट बञ्चित बालबालिकाहरुका लागि यो शिबिर संचालन गरिएको सीपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताए । सो शिबिरबाट यस वर्ष ५ सय ९० जना बालबालिकाहरुले निशुल्क सेवा लिएको र २० वटा जटिल प्रकारका रोगहरु देखिएकाले उनिहरुलाई सरसल्लाह र उपचारमा सहयोग गरिने निर्देशक सापकोटाले जानकारी दिए ।


सो बालस्वास्थ्य शिबिरमा ५ जना डाक्टर सहित ११ जना स्वास्थ्य चौकिका स्वास्थ्यकर्मिहरुको सहभागिता रहनुका साथै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादब, उपाध्यक्ष शान्ति चौधरी र प्रमुख प्रशासकिय अधिकृत लालबहादुर योगि, स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीको उपस्थितिमा शिबिरको शुरुवात गरिएको थियो ।


रक्तदान कार्यक्रम सम्पन्न साथै सोहि अवसरमा रक्तदान जिवन दान भन्ने मुल सन्देश सहित गढवामा सुरक्षित रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। आशाका किरण नामक संस्थाकाे आयोजना, लमहि रक्तसंचार केन्द्र दाङकाे प्राबिधिक सहयाेग र क्रियटिङ पाेसिबिलिटिज नेपाल (सीपी नेपाल) काे सहयाेगमा उक्त रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । रक्तदान कार्यक्रममा ११ जना महिला र २० जना पुरुष गरि कुल ३१ जनाले रक्तदान गरेकाे आयाेजक संस्थाले जनाएको छ ।

कोरोना (Covid-19) भाइरसको कारण नियमित रुपमा रक्तदान नभएको हुदा रक्त आवश्यक परेकालाई रक्तको अभाव नहोस भनी रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयाेजक दिपेश आचार्यले जानकारी दि




 
 
 

Comentarios


Home

About Us

Blog

Get Involved

Bhairavi Marg
Kathmandu 44600 Nepal

97714008617

certified.webp
  • Instagram
  • Facebook
  • Youtube

© 2024 Creating Possibilities Nepal

bottom of page