script>var poptin_single_page_app = true; बाढी प्रभावितलाई सहयोग
top of page

बाढी प्रभावितलाई सहयोग


असोज महिनामा परेको अविरल वर्षा ले दाङ जिल्लाका विभिन्न भाग प्रभावित भएका थिए । अविरल वर्षापछि आएको बाढी र डुबानका कारण दाङका १० वटै नगरपालिकामा करिब ५ हजार घरमा क्षति पुगेको जिल्ला आपतकालीन सञ्चालन केन्द्र (डिईओसी)ले जनाएको छ । दाङका १० स्थानीय तहमध्ये देउखुरीका चार गाउँपालिकामा सबैभन्दा बढी क्षति पुगेको छ । राजपुर गाउँपालिकामा सबैभन्दा बढी क्षति भएको छ । डिईओसीको तथ्यांकमा राजपुरमा ३२५, गढवा गाउँपालिकामा २५४ र राप्ती गाउँपालिकामा १२० घर पूर्णरुपमा क्षति भएको छ । साथै किसानले लगाएको अन्नबालीमा पनि क्षति पुगेको छ ।


स्थानीय सरकार र अन्य गैरसरकारी संस्थाहरू र CBOS संगठित समन्वयमा Creating Possibilites Nepal ले बाढी पीडितहरूका लागि आपतकालीन राहत सामग्रीहरू विनियोजन गरिरहेको छ। यो मानवीय सहायता कार्यक्रम हाम्रा दाताहरू Reach out 2, Mahamata, Her International, र Developing World Connections को सहयोगले सम्भव भएको छ । हाम्रा दाताहरूसँग संगै UNAKO Coop र आमा समूह यस कार्यक्रममालाई सहयोग गरेका छन्।


हामीले पीडितहरूलाई खाना, भान्सामा पकाउने सामान, कम्बल र नगद उपलब्ध गराउँदै आएका छौं । त्यसैगरी, हामीले परिवार नियोजन संघ नेपाल, स्वास्थ्य कार्यालय दाङ, गढवा गाउँपालिका, नेपाल औषधि व्यवसायी संघ दाङ, समूह ५५ पिपी भरतपुर र स्ट्रेन्थनिङ सिस्टम फर बेटर हेल्थको सहकार्यमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरेका छौं । गतिविधि। उक्त शिविरमा करिब एक सयभन्दा बढी बाढीपीडितको स्वास्थ्य विज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो ।यहि मौकामा महिला स्वास्थ्य विज्ञबाट करिब ४० जना महिलाको पाठेघर परीक्षण गरिएको थियो ।


३ वटा गाउँपालिकामा स्थानीय सरकारको समन्वयमा बाढी पीडितका लागि आकस्मिक राहत उपलब्ध गराउँदै आएका छौँ । ५३ वर्षीय शेरबहादुर चौधरी राजपुर–६ गण्डीका स्थानीय बासिन्दा हुन् । उनका अनुसार उनी मजदुरी गर्छन् र बाढीका कारण खानेकुरा गुमाउनुपरेको थियो । चामल, दाल, नुन र तेल पाएपछि उनी निकै खुसी भए ।


आजकल घाम लाग्न थालेको छ । कृषकहरु आफ्नो खेतबारी काट्न व्यस्त छन् । अहिले बिस्तारै किसानको दिन सामान्य बन्दै गएको छ । तर बाढीले पूर्णरुपमा क्षति पुर्याएका परिवार अझै समस्यामा छन् । राहतले जीवनलाई सामान्य बनाउन सघाएको साथै बालबालिकालाई कुपोषण बाट जोगाएको छ।














bottom of page