top of page

४ लाख ४८ हजारको साइकल वितरण

Writer: Dinesh Raj Sapkota
Dinesh Raj Sapkota
Feb 5, 2021
1 min read

हेमराज शर्मा

दाङ, माघ १७। क्रियटिङ पोसिबिलिटिज नेपाल (सीपी नेपाल)ले ४ लाख ४८ हजारको गरिब, जेहेन्दार, अतिबिपन्न परिवारका सन्तान र आमा समूहका उद्यमी महिलाहरुलाई एक कार्यक्रमका बीच साइकल वितरण गरेको छ । ४६ जना स्कुले बालबालिका र १० जना आमा समूहका महिलाहरुलाई उक्त साइकल सहयोग गरिएको थियो ।


साइकल उपहार पाएपछि माध्यमिक विद्यालय चैनपुर कक्षा ८ मा अध्ययनरत भिमराज यादबले ट्युसन र विद्यालय गर्दा निकै समस्या रहेको र यस्तो अवस्थामा साइकल पाउनु आफ्नो सौभाग्य रहेको बताउनुभयो। त्यस्तै सगरमाथा आमा समूहकी श्यामकुमारी चौधरीले साइकलले अब आफ्नो व्यवसायलाई अँझ अगाडि बढाउन प्रेरणा मिल्ने बताउनुभयो । उहाँले तरकारी खेती र भैसी पालन व्यवसाय गर्दै आइरहनुभएको छ ।


मुक्त कमलहरी, गरीब तथा अतिबिपन्न परिवारका सन्तानलाई शिक्षामा प्रोत्साहनका लागि साइकल वितरण गरिएको सिपी नेपालका निर्देशक दिनेशराज सापकोटाले बताउनुभयो। विद्यार्थी लगायत आमा समूहका उद्यमीहरुलाई यस साइकलले जीवन सहज हुने उहाँको भनाइ रहेको छ ।

संरक्षण आमा समूह प्रनाहाकी सदस्य रिना चौधरीको सभाअध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यार्थी अरुणीमा बिक, आमा समूह सदस्य बिमला चौधरी र गढवा गाउँपालिका शिक्षा शाखा सहसंयोजक रविलाल माझि लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

डब्लुएफसिएल र आइएसभिजी नेदरल्याण्ड, हुमानीट्रेल स्विजरल्याण्ड र डिडब्लुसि क्यानडाको सहयोगमा उक्त साईकल सहयोग गरिएको सापकोटाले जानकारी दिनुभयो । त्यस्तै विभिन्न आमा समूहलाई प्रोत्साहन समूहको कोष बृद्धिका लागि १०/१० हजार रुपैया पनि सहयोग गरिएको थियो । सिपी नेपालकी विद्यार्थी संयोजक दीपा चौधरीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको संचालन सरिता चौधरीले गर्नुभएको थियो ।



 
 
 

Comments


bottom of page